Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननिकेशको स्वर र आयुष्मा राईको अभिनयमा ‘देउसी र तिहार’ गीत सार्वजनिक

निकेशको स्वर र आयुष्मा राईको अभिनयमा ‘देउसी र तिहार’ गीत सार्वजनिक


काठमाडौँ। यो वर्षको तिहार नजिकिँदै छ। यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएको छन्। यही मेसोमा तिहार गीत मार्फत मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन्।

आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार (तिहारै आयो)को उनले आफु सहित आफ्ना साथीहरु तथा मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुबाट सामुहिक रुपमा लोकापर्ण गराएकी छिन्।

यो तिहार गीतलाई गायक निकेश राई सहितको टिमले गाएका हुन्। आयुष्मा र मिसेस वल्र्ड नेपालका प्रतियोगीहरुसहित यो गीतलाई मँगलबार काठमाडौँको अर्याल होटलमा एक समारोहबीच बृटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राई, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झालगायतले सँयुक्त रुपमा लोकार्पण गरेका हुन्।

बिमोचन कार्यक्रमका आयोजक मेजर योगेश कोयी राईलगायतले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनीहरुको हातबाट यो गीतको भिडियो लाकोर्पण गराएका हुन्। गायक निकेश राईकै शब्द संगीतमा यो तिहार गीत तयार भएको हो। यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो ‘तिहारै आयो’ दर्शक श्रोतामाझ ल्याएको बिमोचन समारोहमा निकेशले बताए। यो गीतमा आफु सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाराकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको पनि गायक निकेशले कार्यक्रममा जानकारी गराए। यो गीतमा सुशील भट्टराईको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

मिसेस वल्र्ड नेपालकी प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको मुख्य भूमिका यसमा रहेको छ। यी दम्पत्ति सहित अनुषा राई, अनिल कोयी राईलगायतले यसमा अभिनय गरेका छन्। भिडियोलाई कलाकार अनिल कोयी राईले नै निर्देशन गरेका हुन्। तिहार संस्कृति देउसी भैलो गीत भएको सँस्कृतिमा आधरित रहेर नै आफुले भिडियो बनाएको निर्देशक अनिलले बताए। जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रँग संयोजन, अनिल थुलुङको कोरियोग्राफी रहेको पनि उनले जानकारी गराए।

सो बिमोचन कार्यक्रममा मोडल आयुष्मा राईले भनिन्, ‘मिसेस नेपाल वल्र्डको ग्रान्ड फिनालेका तयारीमा हुँदाहुँदै पनि गीत निकै राम्रो बनेकाले मैले समय निकालेर यो गीतको भिडियोमा मोडलिङ गरेकी हुँ। पहिलो पटक म्युजिक भिडियोमा मोडलिङ गर्दा धेरै नयाँ कुराको अनुभव गर्न पाईयो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

Techie IT