Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअम्बिका र शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक

अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक


काठमाडौँ । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ ।

राजधानीमा आयोजित एक समारोहका बिच दुई एल्वम एकसाथ बिमोचन गरिएको हो । प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजित बासकोटा, बिशिष्ठ अतिथीहरु संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामा, एल्मबमा श्रष्टाद्वय गीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रिय लोक सांस्कृतिक संघ नेपालका महासचिव योगेन्द्र उपाध्याय, पीम नेपालका अध्यक्ष माधव राज खरेललगायतले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।

बिमोचन समारोहमा बोल्दै प्रमुख अतिथी बासकोटाले संगीतकार थापा नेपाली गीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीतसृजना मार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमा एकछत्र राज गरिरेको भन्दै उनको प्रसंसा गरेका छन् । यस्तै गीतकार गुरुङलाई त्यागी गीतकारको उपमा दिदै बासकोटाले उनका सृजनाले नेपालीसंगीतलाई निरन्तर रुपमा सिंचित गरिरहेको बताए । यस्तै संगीत उद्योग संघ, नेपालका अध्यक्ष सूर्य बहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्ट बनाउन सक्ने क्षमता रहेको बताएका छन् । पहिले देखिनै आफुले सुन्दै आएका उनका सृजनामा उत्कृष्टता भेटिने बताउँदै उनले यसपटक पनि थापाले आफुलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावका गीतमा उत्कृष्ट शब्द रचना गर्न सफल भएको बताए ।

यस्तै संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामाले आफु ब्यक्तिगत रुपमा पनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । बिभिन्न बिधाका गीतमा उनले उत्तिकै शशक्त रुपमा संगीत सृजना गर्ने गरेको उनको भनाई छ । उनले गीतकार गुरुङले बिदेशी भूमिमा रहेर पनि नेपाली संगीत प्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वित भएको बताए । यस्तै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले विसम परिस्थितिमा पनि निरन्तर रुपमा संगीतमा लगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमा महत्वपूर्ण योगदान दिएको जनाएका छन् । उनले पछिल्लो समय फिजिकल मार्केट कम हुँदै गर्दा पनि एल्वम प्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुन लगाएको बताए । एउटा गीतकारको भावलाई संगीतकारले जीवन दिने भन्दै उनले शब्दमा प्राण भर्न संगीतकार थापा जहिले सफल रहने गरेको जनाए ।

कार्यक्रममा संगीतकार थापाले सार्वजनिक दुई एल्वमहरुको बारेमा प्रष्ट पारेका थिए । उनले अतिथीहरुले आफ्ना सृजना प्रति दिएको प्रतिक्रियाले आफु उत्साहित भएको बताए । उनले निरन्तर रुपमा आफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङ प्रति आभार प्रकट गरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफुले सयभन्दा बढी गीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दा बढी गीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमा एल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजना उत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।

सार्वजनिक एल्बमहरु मध्ये ‘भाव’मा यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज गरि १० वटा गीतहरु समावेश छन् । यस्तै ‘अनुपम यात्रा’मा देखिन तिमी जस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन) गरि ९ वटा गीतहरु समावेश छन् । सार्वजनिक दुबै एल्वमहलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो ।

दुई एल्वमका गरि पाँच वटा म्युजिक भिडियोहरु सार्वजनिक गरिएको समारोहमा बरिष्ठ चलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, लगायत एल्वमका गीतमा स्वर दिएका गायक गायिका तथा मोडलहरुको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT