Techie IT
२०८० मंसीर १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘टाइगर ३’ ले पहिलो दिनमा नै बक्स अफिसमा धमाकेदार कमाई गर्ने अनुमान

‘टाइगर ३’ ले पहिलो दिनमा नै बक्स अफिसमा धमाकेदार कमाई गर्ने अनुमान


एजेन्सी । ‘टाइगर ३’ यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक हो । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्म भोलि दिपावलीमा रिलिजको लागि तयार छ ।

निर्मातादेखि समीक्षकसम्म यो फिल्मको ओपनिङ दीपावलीको पटाकाजस्तै धमाकेदार हुने विश्वास छ ।

अग्रिम बुकिङको कुरा गर्दा टाइगर ३ को हालसम्म ३ लाख ६३ हजार टिकट बिक्री भइसकेको बताइएको छ ।

रिपोर्टका अनुसार आइतबार सलमानको फिल्मले दर्शकको धेरै माया पाउनेछ ।

फिल्म समीक्षकको विश्वास गर्ने हो भने सलमान खान र कट्रिना कैफको टाइगर ३ ले पहिलो दिन ३० देखि ४० करोडको व्यापार गर्नेछ ।

तर, यी तथ्याङ्कलाई हेर्दा टाइगर ३ ले पहिलो दिन पठान र जवानको कीर्तिमान तोड्न सक्नेछैन भन्नु गलत हुनेछैन । यसबाहेक आइतबारपछि सोमबार सलमानको फिल्मका लागि अझ राम्रो साबित हुने बताइएको छ ।

तीन दिनभित्रै टाइगर ३ ले ६० करोडको आँकडा सजिलै पार गर्नेछ ।

यसबाहेक फिल्मको एक हप्ताको आँकडा पनि अनुमान गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने, सलमानको फिल्मले ८ दिनभित्र भारतमा ३५० करोड कमाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ।

रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडित

एजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे ।

अस्मिताले दिइन् अमेरिका १२ सहरमामा कन्सर्ट, ४५ दिनको कन्सर्ट यात्रा…

टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ‘यूएसए फर्स्ट म्युजिकल यात्राः भोल्युम

‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। कलाकार घिमिरे र

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

काठमाडौँ। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस

‘हात्तीछाप’को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ। दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको

Techie IT