Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसलमान खानको ‘टाइगर ३’ ले पहिलो दिन बक्स अफिसमा कति कमायो ?

सलमान खानको ‘टाइगर ३’ ले पहिलो दिन बक्स अफिसमा कति कमायो ?


एजेन्सी । सलमान खानको ‘टाइगर ३’ अन्ततः दीपावलीको अवसरमा रिलिज भएको छ । सलमानका फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका थिए । स्पाइ थ्रिलर फिल्म टाइगर ३ ले अग्रिम बुकिङबाट ठूलो नाफा कमाएको थियो । फिल्मको गीत र ट्रेलरले पनि दर्शकमाझ निकै चर्चा पाएको थियो ।

टाइगर ३ ले आफ्नो ओपनिङ डेमै ठूलो कमाई गरेको छ ।

रिपोर्टका अनुसार टाइगर ३ ले भारतमा पहिलो दिन करिब ४४.५० करोडको बक्स अफिस कलेक्सन गरेको छ ।

फिल्मले विश्वभर करिब ५० करोड कमाइसकेको छ ।

कमाईको मामिलामा सलमानको टाइगर ३ ले सनी देओलको सुपरहिट फिल्म गदरलाई पछि पारेको छ ।

सनी देओलको गदरले पहिलो दिन ४०.१ करोड कमाएको थियो भने टाइगर ३ यस दौडमा निकै अगाडि छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT