राज र अर्जुनबिच ५ वटा भिडियोमा काम गर्ने सम्झौता
काठमाडौँ। राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन्। अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ। यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन्।
‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र अर्जुनबिच पुनः सहकार्य हुने भएको छ। अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडियोमा राजले काम गर्ने गरि संझौता भएको छ।
संझौता पत्रमा हस्ताक्षर गर्दै दुबैले उत्साह व्यक्त गरेका छन्। डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए। यस्तै, संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडियोका लागि संझौता गरेको बताए।
राजले निर्माण गरिरहेको फिल्म ‘मायाबी’को हाल छायांकन भैरहेको छ। राज आफै नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले
काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई
मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा
काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।
काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा