Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘चित्रा’को पोष्टरले के भन्छ?

‘चित्रा’को पोष्टरले के भन्छ?


काठमाडौँ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन्। निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो।

सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ। यस्तै, फिल्मको दोश्रो पोष्टरमा फिल्मका मुख्य तीन अभिनेत्रीहरु शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईलीसँगै अभिनेताहरु अर्पण, प्रमोद र सन्तोषलाई देख्न सकिन्छ।

पोस्टरमा शुभेक्षा र अन्जना मुस्कुराइरहेका छन् भने सन्तोष, अर्पण, प्रमोद र मेनुका गम्भीर भावमा छन्। यस्तै तेश्रो पोस्टरमा मुख्य अभिनेता सन्तोषले फिल्ममा छोरी बनेकी बाल कलाकार आयुशीलाई पिठ्यूमा बोकेका छन् भने अभिनेत्री सिम्रन खड्का मुस्कुराइरहेको देख्न सकिन्छ।

बाबुछोरीको कथा प्रस्तुत गरिएको पारिवारिक फिल्मका यी पोस्टरले फिल्मका अभिनेत्री मध्ये ‘चित्रा’ आखिर को हुन् त रु भन्ने कौतुहलता उत्पन्न गराउँछ।

ग्रे र कलरफुल थिममा तयार पारिएका यी पोस्टरले सम्बन्ध र तीनका आयातनको कथा दर्शकलाई पस्किने सहज अनुमान गर्न सकिन्छ।

‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाश, अन्जना, सिम्रन, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ।

निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाँजा’ बनाएपछि प्रशंसा बटुलेका थिए । यसैले, ‘चित्रा’ उनका लागि चुनौतीपूर्ण छ । चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ।
महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन्।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्। फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ। यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘काँडेतार’को समूहद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम

काठमाडौँ । फिल्म ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको

१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १८ गतेदेखि

काठमाडौँ । १२ औँअन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८० आउँदो १८ गतेदेखि शुरु हुँदैछ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अनुसार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

Techie IT