Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस


काठमाडौँ। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।

प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६ः३० बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे, अध्यक्ष भुवन केसीका सहयोगी नीराजन गिरी सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको हो। हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ।

बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गरेको छ। “कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ। हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री नगर्न सम्पूर्ण हल सञ्चालकहरूलाई अनुरोध गर्दछौँ”, अनुगमन समितिका संयोजक राजु केसीले बताए। कानुनले वर्जित गरेको कार्य गरेको भेटिएमा कानुनबमोजिम आवश्यक कारबाही हुने उनले बताए।

सो घटनाबारे थप अनुसन्धान गरी बोर्डको तालुकदार निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ। चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन्

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

Techie IT