Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमनोरन्जनको नयाँ विधा पाक–मनोरन्जनको रुपमा ‘सेफ नेपाल’

मनोरन्जनको नयाँ विधा पाक–मनोरन्जनको रुपमा ‘सेफ नेपाल’


काठमाडौँ। प्राकृतिक सम्पदाले धनी देश नेपाल साँस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर पाक–सँस्कृतिमा पनि त्यती नै धनी छ। पाक–कला, पाक–सँस्कृति, बिभिन्न पक्वान्न र त्यसको वरिपरी रहेर टेलिभिजनको पर्दामा अहिले एउटा एकदमै नौलो कार्यक्रम संचालनमा रहेको छ।

कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राती ९ बजे सेफ नेपाल नामक कार्यक्रम आउने गर्दछ। उक्त कार्यक्रम खाना पकाउने कला र खाना पकाउने कलाकारहरु बिचको प्रतिस्पर्धात्मक कार्यक्रम रहेको छ।

यो नेपालकै पहिलो त्यस्तो कार्यक्रम हो जहाँ पकाउने, चखाउने, र सो क्रममा उत्कृष्ट प्रस्तुती दिने जमर्कोमा प्रतिस्पर्धिहरु लागेको देखिन्छ। अनगिन्ती टिभी रियालीटी शोहरु एक पछी अर्को गरी बिभिन्न टेलिभिजनमा आइरहदा सेफ नेपाल देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस कार्यक्रमका रचयिता एवं निर्माता धर्मराज पाण्डेको रहेको छ। देशमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल देखिन्छन्, पत्रकारिता जगत पनि ठुलो छ तर न त कुनै टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको छ, न त कसैले यसलाई समाचारको बिषय नै देख्दछू, निर्माता पाण्डे भन्छन्। उनि भन्छन्, ूपाक(पत्रकारिताको अवधारणा नै नभएको र पाक(कलालाइ मनोरन्जन को बिधामा कसैले नराखेकोले हामिलाई यो शो एक मनोरन्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्याउन धेरै अप्ठेरो भएको छ, पाक–कला या पाक–मनोरन्जन बारे बुझेर लेखिदिने कोही रहेनछन्।

निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो। टेलिभिजनका समाचारहरु राजनिती या त अन्य बिषय केन्द्रीत हुने गर्दछन्। मानव जिवनको प्रमुख आवश्यकता खाना को बिषय खासै समाचारको बिषय नभएको जस्तो नै देखिन्छ। पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौं। खाना हाम्रो जिवन सँग जोडिएको छ, जिवन शैली र रहन(सहन सँग जोडिएको छ, सँस्कृती र धर्म सँग जोडिएको छ, भौगोलिक विविधता सँग जोडिएको छ, पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ। तर संचार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो रहेको छ, सेफ नेपाल टिभी शो का निर्माता पाण्डेको।

निर्माता पाण्डे कारीब १६ वर्ष देखी बिभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउछन्। नेपाली पाक(उद्योगमा बिकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता प्रस्फुटन नै हुन नसकेको देख्दा निर्माता पाण्डे बिदेशको जस्तै पाक–कला सम्वन्धी शो नेपालामा पनि गर्ने कोशीस गरेको अनुभव पनि सुनाउछन्। ‘मैले २०१६ मा मास्टर सेफको फ़्रेञ्चाइज नेपालामा ल्याउन चाहेको थिए, तर नेपाली बाजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव नै छ। त्यसैले नेपालको आफ्नै शो सेफ नेपालको परिकल्पना गरिएको हो’ उनले बताए।

सेफ नेपालको पहिलो संस्करण पाक(कलाका सौखिनहरु माझको प्रतिस्पर्धात्मक शोको रुपमा तय गरिएको छ। जम्मा १८ भागमा प्रशारण हुने यस कार्यक्रमको १३ भाग प्रशारण भइसकेको छ। अनलाईन अडिसन लिएर प्रतिस्पर्धिहरु एकत्रित गरिएको यस कार्यक्रममा १०० प्रतिस्पर्धी छनोट गरी प्रत्यक्ष अडिसनको लागी बोलाईएको थियो। प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धिहरुले सेफ नेपालकै स्टुडियोमा खाना बनाइ निर्णायकत्रय मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए। सो अडिसन राउण्डबाट २४ जना छनोट भइ बिभिन्न प्रतिस्पर्धामा खारो उतृदै अहिले उत्कृस्ट १० प्रतिस्पर्धिहरु पाक(कलाको प्रतिस्पर्धामा हुनुहुन्छ। नेपाललाई पहिलो फुड रियालिटी शो र पहिलो उत्कृस्ट १० प्रतिस्पर्धी दिँदै नेपाली टिभी मनोरन्जनको विधामा पाक(मनोरन्जन पनि थपेर निर्माता पाण्डेले राम्रो काम गरेका छन्।

पाककलाको बिषयमा थप कुरा गर्दै गरौंला, पाक पत्रकारिताको पनि महत्वका साथ समाचार लेखौंला तर अहिले भने मनोरन्जन लिने कार्य पहिले गरौँ। धर्मराज पाण्डेको निर्माणमा बनेको धर्म पिक्चर्सको प्रस्तुती नेपालको पहिले फुड रियालिटी टिभी शो सेफ नेपाल हेरेर मनोरन्जन लिगौँ, हाम्रा पाककलाकारहरुको कला नियालौँ, अनि नेपाली खाना, खाना संस्कृतिको देश र विदेशमा प्रचार गरौँ। सेफ नेपालको पुराना भागहरु यसैको युट्युव च्यानलामा गएर हेर्न सकिने रहेछ। नयाँ भाग हरेक शुक्रबार राती ९ बजे कान्तिपुर टिभिमा प्रशारण हुने गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT