Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने

बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार प्रशारण हुने


काठमाडौँ । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ सञ्चालनको उद्घोष गरेका छन् । सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ ।

‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् ।

उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईँका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’

उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह(अवरोह पस्कने छन् । जसका लागि उनले मनिशा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिने छ ।

२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिशा कोइराला रहनेछिन् । त्यसपछिका हरेक शुक्रबार अन्यलाई अतिथि बनाइनेछ ।

को हुन् बसन्त चौधरी ?

वि.सं. २०१३ मा काठमाडौँमा जन्मिएका बसन्त साहित्य कर्ममा रमाउने उद्यमी हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । १७ वर्षको उमेरदेखि नै पुर्ख्यौली व्यवसाय (अरुण इम्पोरियम)मा संलग्न चौधरीले २०४१ सालमा ‘ग्रुप– ३’ नामक कम्पनी स्थापना गरी आफ्नै व्यवसाय प्रारम्भ गरेका थिए । विज्ञापन एजेन्सीका रूपमा स्थापित उक्त कम्पनीबाट ‘उर्वशी’ नामक पत्रिका पनि प्रकाशित भएको थियो ।

२०५७ सलमा स्थापित नर्भिक इण्टरनेशनल हस्पिटलका संस्थापक अध्यक्ष रहेका उनी चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् ।

२०४५ सालमा सुनसरीमा स्थापित ‘श्री पशुपति बिस्कुट उद्योग’को जिम्मेवारी सम्हालेका चौधरी त्यति बेलै ‘श्री लुनकरणदास गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल’ स्थापना गरी स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गरेका थिए ।

चौधरीका विभिन्न पुस्तक तथा नेपाली तथा हिन्दी भाषामा कविता सङ्ग्रह गरी एक दर्जनभन्दा बढी प्रकाशित छन् । उनका मैथिली कविता सङ्ग्रह वसन्त, नेपाल भाषा कविता–मुना वसन्त, हिन्दी कविता सङ्ग्रह, आसुँओं कि सियाही में, वक्त रुक्ता नहीँ कविता सङ्ग्रह लगायत थुप्रै पुस्तक प्रकाशित छन् ।

उनको साङ्गीतिक एल्बम नै आधा दर्जन भन्दा बढी सार्वजनिक भएका छन् । ‘गरुँ कि मिठो भुल’, ‘शान्ति लुकाउँ कहाँ’, ‘मेरो प्यारो मान्छे’, ‘चिठी आएन’ जस्ता नेपाली गीत तथा ‘तुम मिल जाओु, ‘चाहतोँ से ज्यादा’, ‘तुम मेरे’ लगायतका हिन्दी गीतहरू चर्चित छन् ।

चौधरी ‘वीरेन्द्र(ऐश्वर्य सेवा पदक’, ‘प्रख्यात त्रिशक्ति पट्ट’, ‘विशष्ट सेवा पदक,’ ‘प्रबल गोर्खा दक्षिण बाहु’जस्ता पदकबाट पनि सम्मानित भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT