Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननीरफूल पूर्ण मौलिक चलचित्र बनेको छः दयाहाङ राई

नीरफूल पूर्ण मौलिक चलचित्र बनेको छः दयाहाङ राई


काठमाडौँ। दयाहाङ राईका् मुख्य भूमिका रहेको चलचित्र नीरफूल यही २६ जेठबाट देशब्यापी रिलिज हुने भएको छ। यो चलचित्रको बारेमा काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङले मौलिक कथा र बिरालै हुने घटनामा केन्द्रित भएकाले आफुले चलचित्र नीरफूलमा अभिनय गरेको बताएका छन्। उनले यो चलचित्रको स्कृप्ट नै बलियो रहेको जिकिर गरे।

यो चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, बिजय लामालगायतको अभिनय रहेको छ। रेखा थापा यो चलचित्रमा विशेष भूमिकामा छिन्। बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठुलो पर्दामा डेब्यु गरेका छन्।

गत वर्ष अभिनेता दयाहाङको चलचित्र कबड्डी ४ ले सर्वाधिक सफल व्यापार गरेको थियो भने यतिबेला उनको अर्को चलचित्र जारीले सफल प्रदर्शनीको ५१ दिन मनाउँदै नेपालमा मात्र १४ करोड भन्दा बढीको नेट व्यापार गरिसकेको छ। ती दुबै चलचित्र जस्तै यो नयाँ चलचित्र पनि मौलिक भएकाले नीरफूलले पनि राम्रो व्यापार गर्ने उनले बताएका छन्।

यो चलचित्रमा तामाङहरुको मौलिक संस्कृतिलाई पनि दर्शकले नजिकबाट चिन्ने अबसर पाउने दयाहाङले बताएका छन्,‘तामाङहरुमा पनि बुद्धिजम र तान्त्रिजम गरी दुईवटा समुदाय रहेछ। विवाहबाट यी दुई समुदाय जोडिएपछिको पारिवारिक सम्रचनादेखि उनीहरु नामाकरण तथा अन्य धेरै संस्कृतिहरु पनि यो चलचित्रमा देख्न पाईन्छ।’ यो चलचित्रका पात्रको नामाकरण देखि यसले उठाएको बिषयबस्तु धेरै कुरा मौलिक भएको पनि दयाहाङले जिकिर गरे।

यसरी चलिचत्र नीरफूलमा काम गर्दा आफुले तामाङ समुदायलाई अझ नजिकबाट चिन्न पाउनुका साथै उनीहरुको संस्कृतिमा भिज्न पाएको अनुभव पनि यी अभिनेताले सुनाए,‘म राई समुदायको हुँ र आफ्नो संस्कृतिसँगै लिम्बुहरुको संस्कृतिसँग केही नजिक थिएँ। चलचित्र नीरफूलमा काम गर्दा मैले तामाङ समुदाय र उनीहरुको संस्कृतिलाई अझ नजिकबाट चिन्ने अबसर पाएको छु ।’ यस्ता थुप्रै्र कारणले आफ्नो लागि यो चलचित्र विशेष रहेको उनले बताएका छन्।

दयाहाङले यसमा आफ्नो थातथलो नेपालको नक्साबाटै गुमेको र भूकम्पपछि आफ्नो परिवार नै हराएको नीरिह नेपाली नागरिकको भूमिका निर्वाह गरेका छन्। आफ्नो नागरिक प्रति यो राज्य कतिसम्म गैर जिम्मेवार रहेको छ भन्नेकुरा दयाहाङको भोगाईमार्फत गैह्र जिम्मेवार तथा लाचार राज्यव्यबस्थालाई यो सिनेमा मार्फत दर्शाईएको छ। यसैले यो चलचित्रले समसामयिक राज्य व्यबस्थाको कहालिलाग्दो कथासमेत भन्ने यी अभिनेताले बताएका छन्।

लामो समयसम्म छायाँमा परेका हाम्रा कथाहरुमा पछिल्लो समय आफुले काम गर्न पाएको यी अभिनेताले बताएका छन्, ‘त्यसमा पनि चलचित्र नीरफूलले त पहिचानबादी मुद्धालाई निकै बलियोसँग उठाएको छ। मुलुकमा बेरोजगार एउटा नेपाली केही वर्ष बिदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँनै नभेटिनु जस्तो बिडम्बना के हुन सक्छ?’ त्यसैले चलचित्र नीरफूलमा भूकम्पले निम्त्याएको बिनासको घटना भए पनि यसको कथा अर्कै रहेको दयाहाङले जिकिर गरेका छन्। यी सबै सहायक विषय भए पनि चलचित्रको मुल कथा चाही २६ गतेपछि हलमा गएर नीरफूल हेरेपछि मात्र दर्शकलाई थाहा हुने दयाहाङको खुलाएका छन्।
यो चलचित्रका निर्देशक एवम् बरिष्ट सञ्चारकर्मी फुलमान बलमा हाम्रो समुदायको कथालाई केही फरक शैलीमा भन्ने कला रहेको पनि यी अभिनेताले बताएका छन्,‘दुई दशकदेखि मुलधारको पत्रकारिता गर्नु भएको फुलमान सरमा कथालाई लेखनसँगै दृष्यबाट राम्ररी भन्न सक्ने गजवको कला रहेछ भन्नेकुरा चलचित्र नीरफूलबाट मैले अनुभव गर्न पाएँ। यो चलचित्र एउटा कालजायी सिनेमा बन्ने विश्वास मैले लिएको छु।’
यो चलचित्रमा आफुल् निर्वाह गरेको भूमिका दर्शकका लागि निकै रोचक हुनसक्ने अभिनेता दयाहाङको कथन छ,‘जीवनमा मैले कहिल्यै गोठालो भएर भेडा चराएको थिईन्। भेडा चराउँदा कसरीलाई त्यसलाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउन, कसरी स्याहार गर्ने भन्नेबारे त विशेष कलाको हुनुपर्दो रहेछ।’ यो चलचित्र खेलेपछि आफुले भेडी गोठालो बन्न त्यत्ति सजिलो नभएको महसुस गरेको उनले बताएका छन्,‘गोठाले भन्ने काम बाहिरबाट हेर्दा जति सजिलो छ, गर्न त निकै गाह्रो पो हुँदो रहेछ। जीवनमा पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सँघर्षपूर्ण अनुभव सँगाल्ने अबसर पाएँ।’ जुन उनको लागि निकै रोचक बनेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT