Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनउपहारको पोस्टर सार्वजनिक

उपहारको पोस्टर सार्वजनिक


काठमाडौँ । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

एक फस्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको फस्टलुक पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ ।

फस्टलुक पोस्टरमा अभिनेता मुकुन भुषाल ह्वीलचेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । फस्टलुक पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरु पनि छन् । अभिनेत्री पुजा खुशी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

अर्को फस्टलुक पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पूजा शर्मालाई पनि अँटाइएको छ। यो फस्टलुक पोस्टर रोमान्टिक भाव लक्षित छ ।

त्यस्तै अर्को फस्टलुक पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ। फस्टलुक पोस्टरमा रिबन बाँधिएको छ । जहाँ मुकुन भुषाल, रेखा थापा, पुजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ ।

चौथो फस्टलुक पोस्टरमा अभिनेता मुकुनलाई ह्वील चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिएकी छन् । यो फस्टलुक पोस्टरमा फिल्मको गीत ‘मुटुको चार आना’मा अभिनय गरेका पुरुष कलाकारहरु निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी फिचर्ड छन् ।

त्यस्तै अभिनेत्री पुजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् ।

फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन्। फिल्ममा रेखा थापा, मुकुन भुषाल, पुजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन र आशा भुषालको अभिनय छ ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT