Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनयम र विश्वको स्वरमा ‘साथी’ गीत सार्वजनिक

यम र विश्वको स्वरमा ‘साथी’ गीत सार्वजनिक


काठमाडौँ । चर्चित गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।

गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार (नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । गायक बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्वले यम बरालको गीत सुनेर हुर्किएको आफूले यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा ‘चिठ्ठी’ आगामी जेठमा रिलिज हुँदैछ ।

भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT