Techie IT
२०८० फागुन १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्रदान

चलचित्र विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्रदान


काठमाडौँ । माघ ९ गते मङ्गलवार बसेको मन्त्रीपरिषद बैठकले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराए ।

सरकारको स्वीकृतिसँगै चलचित्र विधेयकको मस्यौदालाई अन्तिम रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बाटो खुलेको छ । विधेयकको विषयमा माघ ४ गते चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा प्राप्त राय सुझाव सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रही छलफल गरेको थियो । करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो । सोही मस्यौदामा आधारित रही सबै सङ्घ संस्थाहरूले परिमार्जनको माग गरेकोमा राय सुझाव लिखित रूपमा माग गरी त्यसबारेमा छलफल गरिएको थियो ।

यसरी अगाडि बढ्नेछ चलचित्र विधेयक:
चलचित्र विकास बोर्डले प्राप्त गरेका राय सुझावका आधारमा तयार भएको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानेछ । सो मस्यौदालाई सञ्चारले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाउनेछ । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा जानेछ ।

कानुन मन्त्रालयबाट सहमति आएपछि संसद पठाउनु अघिको स्वीकृतिको लागि पुनः मन्त्रीपरिषदमा मस्यौदा जानेछ । यसका बारेमा मन्त्रिपरिषदको विधायन समितिमा छलफल हुन्छ । त्यहाँ स्वीकृत भएपछि कानुन मन्त्रालयमार्फत संसदमा दर्ता हुन्छ । विधेयकले अन्तिम रूप लिन संसदमा दफावार छलफल हुनेछ । संसदबाट पास भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यो ऐन बन्छ र कानूनको रुप लिन्छ ।

बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन चलचित्रकर्मीहरूले धेरै वर्ष देखी गरेको प्रयास सफलताको चरणमा प्रवेश गर्न लागेकोमा खुसी व्यक्त गरे । उहाँले नेपालको राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित हुनेमा आशा लिएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

काठमाडौँ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा

‘अगस्त्य’को हाइप झनै उच्च

काठमाडाैँ । आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौँ । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले

‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । सौरभ चौधरी लिखित तथा निर्देशित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि

पूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘दान्भी’को छायांकन भारतको कालिम्पोङमा भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्युलको

Techie IT