Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्दै केपी ओली

चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्दै केपी ओली


 

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त यो जानकारी दिइएको हो ।

फिल्मको शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

अतिथिको रुपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त उपस्थित रहेका थिए ।

मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे। ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरु उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए ।

अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यसै फिल्मबाट उनले निर्देशनको यात्रा समेत सुरु गर्दैछन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको छ । फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरु छन्।

फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत रहेका छन् ।

‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् र निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिदै छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन् । यो अन्त्य हुनुपर्छ । यसै अभियानमा जोडिएको छ- नमिटिने घाउ । यो एउटा अभियान र प्रभावकारी अंग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन् । मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन । एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन ।’

रमितले भने, ‘यो सबै भिक्टिमहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायांकन गर्ने योजना छ । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले यो कार्य जघन्य अपराध हो ।’ भन्ने सन्देश आफूले फैलाउन चाहेको बताए ।

यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रुपमा लिँदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरुमा छायांकन सुरु गर्ने तयारी छ । फिल्मको मुहुर्त गरेसँगै कठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र रौतहटको चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT