Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनधरान, पोखरा र काठमाडौँमा गोर्खा वारियरको प्रिमियर गरिँदै

धरान, पोखरा र काठमाडौँमा गोर्खा वारियरको प्रिमियर गरिँदै


काठमाडौँ । यही ११ फागुनबाट देशव्यापी रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय नेपाली चलचित्र गोर्खा वारियरको रिलिज अघि नेपालका तीन शहरमा रेड कार्पेट प्रिमियर गरिने भएको छ ।

मोफसलका दर्शकहरुको विशेष आग्रहमा यो चलचित्रका मोफशल अन्तर्गत धरान र पोखरामा प्रिमियर तय गरिएको हो । लाहुरेको शहर भनेर चिनिने यी दुबै शहरमा रेड कार्पेट प्रिमियरको तयारी भईरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

उनका अनुसार धरानमा यही फागुन ५ गते र पोखरामा यही फागुन ७ गते रेड कार्पेट प्रिमियर गरिँदैछ । यसपछि फागुन ९ गते काठमाडौँको बिग मूभिजमा चलचित्रको रेड कार्पेट प्रिमियर हुने पनि उनले जानकारी गराए । यो चलचित्रको नेपालमा रिलिज अघि तीन शहरमा रेड कार्पेट प्रिमियर गर्न लागिएको हो ।

यस अघि गोर्खा वारियरको बेलायतमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रसँसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरको लागि उच्च माग बढेको छ ।

यसैबीच गोर्खा वारियर टिमले ६ दिनको मोफसल यात्रा सम्पन्न गरेको छ । यो चलचित्रको धरानबाट सुरु भएको मोफसल यात्रा धरानपछि हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा हुँदै पोखरामा आएर सम्पन्न भएको हो । यात्राको क्रममा लाहुरेको शहर भनेर चिनिने मोफसलका यी स्थानलाई लक्षित गरेर त्यहाँका भूतपूर्व बृटिस गोर्खा सैनिक तथा स्थानीय संघ संस्थानका पदाधिकारीहरुसँग चलचित्र युनिटले भेटघाट गर्दै यो चलचित्रबारे जानकारी दिएको छ ।

यात्राको क्रममा गोर्खा वारियरका तर्फबाट चलचित्र पत्रकार संघको धरान, हेटौंडा, चितवन, बुटबल र पोखरा शाखाको सहयोगमा यी शहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।
मोफसल यात्रामा यो चलचित्रका निर्माता निर्देशक एवम् लेखक मिलन चाम्स, अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरुङ, प्रेस सल्लाहकार डब्बु क्षत्री, मिडियो सँयोजक सरिता भारती र व्यबस्थापक प्रेम खड्का रहेका थिए । यी पाँच वटै शहरमा अन्तरक्रियाका क्रममा चलचित्र निर्देशक, अभिनेता र अभिनेत्रीले गोर्खा वारियर र सो चलचित्रमा आफ्नो कामबारे प्रकाश पारे । यी शहरका सञ्चारकर्मीदेखि विभिन्न संघ संस्थाका स्थानीय पदाधिकारीहरुले यो चलचित्र हेर्न आफुहरु निकै उत्साहित रहेको बताए ।

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

गोर्खा वारियर नेपाली, हिन्दी, अँग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अँग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT