Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान

‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि टोली सिक्किम प्रस्थान


काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सिक्किम प्रस्थान गरेको छ ।

शोको टिम बिहीबार काठमाडौँबाट सिक्किमका लागि प्रस्थान गरेको हो । टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाई गरेका छन् ।

यो शो एपीवान टेलिभिजनमा अप्रिलबाट प्रसारण आउँदैछ । नेपाली साङ्गीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताएका छन् । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाँझ रम्ने वातावरण शोले दिने बताए ।

शोको अडिसन सिक्किमसहित दार्जिलिङ र सिलिगुढीमा हुँदैछ । दार्जिलिङ र सिलिगुढीको अडिसनपश्चात नेपालको झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुदै काठमाडौंमा अडिसन हुनेछ । जस अनुसार फेबु्रअरी १७ मा सिक्किमको रेमन्ती सङ्गीत एकेडेमी, फेबु्रअरी १९ मा दार्जिलिङको होटल युमा, फेबु्रअरी १९ मा सिलिगुढिको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोडस्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन इन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाईडस्थित क्लब सिक्स्टिन र २१ एवम् २२ फागुनमा काठमाडौँमा हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT