Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपहिलोपटक क्यानाडामा गुञ्जिदै प्रकाश सपुत

पहिलोपटक क्यानाडामा गुञ्जिदै प्रकाश सपुत


काठमाडौँ। लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन्। आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिदैछन्। आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन्।

‘क्यानाडा आउँदैछु। निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुती दिनेछु’, गायक प्रकाशले भने,‘अन्य देशमा बारम्बार प्रस्तुती दिएता पनि क्यानाडामा भने पहिलो पटक प्रस्तुत हुँदैछु।’ उनी आफ्नो प्रस्तुतीलाई लिएर उत्साहित छन्। कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन्।

दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए। ‘प्रकाशजी लाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं। उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भन । उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन्।

उनले यो कार्यक्रम गर्नुको उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन रहेको बताए। ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने। मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० डलर राखिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT