Techie IT
२०८१ माघ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक


काठमाडौंँ । फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।

‘सलीना’ रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म बताइन्छ । फिल्मका निर्देशक तेजस राज जोशी हुन् । फिल्म निर्देक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ ।

सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार रहेका छन् । फिल्म विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता चर्चित संचारकर्मीहरु सुरेश पौडेल, शुशिल नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।

‘सलीना ’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडी बढेको छ ।

फिल्म प्रदर्शनका लागि सेन्सर वोर्डबाटबाट सेन्सर समेत भएको छ । सेन्सरबोर्डबाट फिल्मले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड फिल्म बनेको हो ।

फिल्म विशेष गरेर बालबालिका लक्षित भएपनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए । ‘यो फिल्म निर्माणका लागि ६ बर्ष लागेको छ’, जोशीले भने ‘फिल्म अन्तराष्ट्रिय स्तरको बनेको छ ।’ जोशीले सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

Techie IT