Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनधरानमा ‘द एज ब्याण्ड’को कन्सर्ट

धरानमा ‘द एज ब्याण्ड’को कन्सर्ट


धरान । युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड ‘द एज’ धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने ‘प्रजापति संगीत समारोह– द एज लाइभ इन धरान ’कार्यक्रममा आउँदैछन् ।

सम्झिने मुटु, थाहा छैन, नचाहेको हैन, तिम्रो याद, मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन् । २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन् ।

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ । कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज, साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र साउण्ड–लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताए ।

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब ,धरान –१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन् लागेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT