Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरूपक डोटेलको ‘मेरो माया तिम्रो लागि’सार्वजनिक

रूपक डोटेलको ‘मेरो माया तिम्रो लागि’सार्वजनिक


काठमाडौँ । लोकप्रिय गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’सार्वजनिक भएको छ। मनि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भरेका छन्। सेन्टिमेन्ट शैलीमा रहेको गीतमा प्रेमपिडा ब्यक्त गरिएको छ।

गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरू पोखेका छन्। गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ। भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिएकी छन्।

उत्तम हुमागाईँको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोका निर्देशक निकेश खड्का हुन्। ५०० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुन्।

गायक डोटेलका ‘बनकी चरी’,‘सानुमाया’,‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि माया’लगायत थुप्रै हिट छन्। डोटेल सेन्टिमेन्टलका अलवा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिदै आएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘सतीदेवी’को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

काठमाडौँ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको

मनोजको गीत ‘धनकुटाको सल्लेरी बनैमा’ सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘धनकुटाको सल्लेरी बनैमा’ बोलको

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौँ : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा

Techie IT