Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुने

‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुने


काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो मंसिर ५ गतेदेखि महोत्सव यो महोत्सब गरिने आयोजक पक्षले जनाएको छ । ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)ले यो महोत्सब गर्न लागेको हो ।

काठमाडौंमा एक समारोहबीच कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव घोषणा गरिएको हो । ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारहरुमध्ये एक हुनुहुन्छ । ‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नाराको साथ महोत्सब घोषणा गरिएको छ ।

बाल–चलचित्र’bout तथा यसले बालबालिका र समाजमा पार्ने प्रभाव’bout सरोकारवालाहरुसँग छलफल÷अन्तक्र्रिया कार्यक्रमहरु समेत आयोजना गरिने छ । महोत्सवमा निर्णायक (जुरी)को रुपमा बालबालिकाहरु नै समावेश तथा सहभागिता हुने आयोजकले जनाएको छ । चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम भएको उल्लेख गर्दै महोत्सवले कल्पना गर्न, अवधारणा बनाउन, विश्लेषण गर्न, रचनात्मक सोचको विकास गर्न, विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्यहरु बुझाउन महोत्सवले ,उल्लेखनीय भूमिका खेल्नेछ ।

३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित १० दिने पहिलो नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन हुनेछन् । साथै १८ वर्षभन्दा मुनिका बालबालिका योङ्ग फिल्म मेकरको फिल्म प्रतियोगिता तथा कार्यशाला पनि महोत्सवमा हुनेछ ।

एसिएफ नेपालले यस महोत्सवसँगै ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ आयोजना गर्ने जनाएको तछ । त्यस्तै बालचलचित्र सम्बन्धि नेपालको पहिलो संस्था एसिएफ नेपालले स्कुलहरुमा नियमित बाल–चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम, योङ्ग फिल्म मेकिङ वर्कसप, स्कुलमा सिनेमा क्ल्ब सञ्चालन, गर्ने गर्दछ । साथै शिक्षामा चलचित्रको महत्व सम्बन्धमा अभिभावक, शिक्षक तथा सरोकारवालासँग छलफल, अन्तक्र्रिया पनि अघि बढाउने एसिएफको योजना छ ।

आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)को ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित वि.सं.२०६९ (सन् २०१३)मा स्थापना भएको हो । जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्धेश्य राखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT