Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साहजनक

नीरफूलको भव्य प्रिमियर, अग्रिम बुकिङ उत्साहजनक


काठमाडौँ। शुक्रबार बाट मुलुकका सिनेमा हलमा रिलिज हुने अभिनेता दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘नीरफूल’को बुधबार बेलुका काठमाडौँमा भव्य प्रिमियर गरिएको छ।

प्रिमियर शोमा सेलो समूहका विभिन्न कलाकारहरुले डम्फु बजाउँदै नाचगान र झाँकी सहित यो चलचित्रका कलाकार तथा पाहुनालाई सिनेमा हलमा स्वागत गरेका थिए। सो क्रममा डम्फुको ताल र सेलो गीतमा यो चलचित्रका अभिनेता दयाहाङ राई, अभिनेत्री शान्ति वाईबा, कलाकार बुद्धी तामाङ लगायतल छमछमी नाचेका थिए।

२ घन्टा आठ मिनटको यो चलचित्रको प्रदर्शनीमा सिनेकर्मी, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मी, विभिन्न संस्था संस्थानका प्रतिनिधिहरुहरुको उल्लेख्य उपस्थिति थियो।

प्रिमियर शोमा चलचित्र नीरफूल हेरेपछि सबैले राम्रो प्रतिक्रिया दिए। सिनेमाले लगातार आफुलाई बाँध्न सकेको भन्दै नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि उनीहरुले बताए। यो चलचित्रका स्कृप्ट, छायाँकन र कलाकारको अभिनय निकै ससक्त रहेको प्रतिक्रिया प्रिमियरमा सहभागी सिनेकर्मी तथा सञ्चारकर्मीले दिए।

सो कार्यक्रममा अतिथिहरुको राम्रो प्रतिक्रिया पाएर उत्साहित भएका अभिनेता दयाहाङ राईले आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने बताए। यो चलचित्रले अहिलेको शासन व्यबस्थालाई उजागर गरेको पनि उनले बताए। भाषिक हिसाबले आदिबासी जनजातिलाई राज्यले हेर्ने दृष्टिकोण पनि चलचित्रमा प्रस्तुत गरिएको उनको कथन थियो।
यो चलचित्रलाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन्। आफ्नो सृजनालाई आफुले यो चलचित्रमा प्रस्तुत गरिसकेको र अब दर्शकको जवाफको प्रतिक्षामा आफु रहेको पनि उनले बताए। नीरफूललाई आफुले मौलिक सिनेमा बनाउन प्रयास गरेको निर्देशक बलले बताए।

यो चलचित्र शुक्रबारबाट मुलुकका एक सय भन्दा बढी स्कृनमा प्रदर्शनी हुने यसका वितरक गोविन्द शाहीले बताएका छन्। फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गर्दैछन्। सिनेमाको अग्रिम बुकिङ राम्रो रहेको पनि शाहीले बताए।

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ।

यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन्। फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन्। यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले बितरण गर्दैछन्।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन्। जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ। सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT