Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनयस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर


काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा कमेडीले नै प्राथमिकता पाएको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले फिल्ममा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन् ।

फिल्ममा दुई तीनवटा थिमबाट निर्माण भएको निर्देशक सिमोस सुनुवारले बताए । ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् । त्यसैले एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने । फिल्ममा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको निर्देशन सुनुवारले खुलाए । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ । दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे ।

फिल्ममा खजुरे ब्रोको भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो भूमिकाले दर्शकलाई राम्रोसँग हँसाउने बताए । फिल्ममा ‘खजुरे’ को चरित्रबाट धेरै कुरो सिक्न र जान्न मिलेको उनको धारणा थियो ।

त्यस्तै अभिनेता महेश त्रिपाठीले फिल्मको कथा फरक भएकोले आफू फिल्मसँग जोडिएको बताए । फिल्मले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे । फिल्म कर्मसियल रूपमा पनि सफल हुने आफू विश्वस्त रहेको सुनाए ।

अभिनेत्री नीतिले फिल्ममा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिइन् । उनले फिल्मको ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि फिल्ममा राम्रो उपस्थिति रहेको बताइन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा निर्माता नवीन मानन्धर तथा निर्देशक सुरज सुनुवार हुन् । सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डी गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरूको अभिनय छ । अभिनेत्री नीतिको यो डेब्यु फिल्म हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT