Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो ।

कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । बरिष्ठ कलाकार शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीत रत्न शम्भुुजित बाँस्कोटा, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य चेतन सापकोटालगायत जापान गएका थिए । त्यसैगरी अञ्जु पन्त, कमल खत्री, गजित विष्ट, पत्रकार ऋषि धमला र नरेश भट्टराई पनि टोकियो पुगेका थिए ।

समारोहमा संगीतरत्न शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । उनलाई नगद ७१ हजार १०१ रुपैयाँसहित सो सम्मान अर्पण गरिएको हो । विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, चेतन सापकोटा, ऋषि धमलालाई सम्मान गरिएको थियो । यस्तै जापानमा रहेर कार्य गरिरहनुभएका जेएमई मनि ट्रान्सफर जापानका चेयरमेन ओम गुरुङ, व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, एनआरएन आइआइसीका उपाध्यक्ष रविन श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, सेतुमाया तामाओके, पासाङ विश्कर्मा, डडिवल खडका, निमा लामा, राजेन्द्र सुनुवार लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । ‘पर्यटन, कला र संस्कृतिको प्रबद्र्धन गर्ने अभियान समृद्ध नेपाल निर्माणमा हाम्रो योगदान’ भन्ने मूल नाराका साथ टोकियोमा ए एम एस इन्टरनेशनल अवार्डको साथमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपालबाट गएका र जापानमा रहेका स्थाानिय कलाकारहरू आ–आफ्नोे प्रस्तुति दिएको अवार्ड आयोजककी अध्यक्ष सत्यकला लामाले जानकारी दिए ।

समारोहमा भर्सटाइल गायिका अवार्ड अञ्जु पन्त, वेष्ट पप सिंगर कमल खत्री, वेष्ट कोरियोग्राफर गजित विष्ट, स्मिता दाहाललगायतलाई अवार्ड प्रदान गरिएको थियो । जापानको आयोजकमा सनराइज कम्पनी अध्यक्ष कर्साङ तामाङ् रहेका थिए । नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन र जापानमा लामो समय रहेर पेशा व्यवसाय गर्दै आएका नेपाली समूदायलाई आफ्नो भाषा, साहित्य, कला संस्कृतिसँग जोडन यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष तामाङले बताए ।

ए एम एसकी अध्यक्ष लामाले समृद्ध नेपाल निर्माणमा योगदान दिने उद्देश्यका साथ नेपालको पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानसहित जापानमा भव्य रुपमा अवार्डसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको बताए । सो अवसरमा नेपाली चलचित्रलाई कसरी विश्वव्यापी बनाउन सकिन्छ भन्ने विषयमा अन्तक्रिया पनि भएको ए एम एसकी अध्यक्ष लामा र सनराइज कम्पनीका अध्यक्ष तामाङले जानकारी गराए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT