Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारमा


काठमाडौँ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा आगामी असारको पहिलो साता काठमाडौंमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

महोत्सबका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र समावेश भएका छन् । यी मध्य बढीमा एक दर्जन अफ्रिकी चलचित्रलाई समावेश गराईने भएको छ । महोत्सबमा प्राप्त अफ्रिन चलचित्रहरुलाई अहिले निर्णायकको टिमले हेरिरहेको छ ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं । महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले भनिन् ।

यस्तै महोत्सबका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सबका लागि नेपालका चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको यो महोत्सबका निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।

बिगत १२ वर्षदेखि यो महोत्सब आयोजना हुँदै आएकोमा कोभिडका कारण एक वर्ष भने आयोजना हुन सकेन् । बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिने आयोजक पक्षले जनाएको छ । महोत्सबमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम रहेको छ ।

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको आयोजक पक्षले जनाएको छ । महोत्सबमा अफ्रिकन चलचित्रको बारेमा पनि अन्तरक्रिया गरिने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT