Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनदलित आयोगद्वारा चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान

दलित आयोगद्वारा चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान


काठमाडौँ । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ ।

विज्ञप्तिमा यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ । “अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो । मानव मानवका बिच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ,” पत्रमा भनिएको छ, “चलचित्र ‘पुजार सार्की’मा देखाइए जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ। शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । चलचित्र ‘पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ। नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अङ्गीकार गर्ने सन्देश चलचित्रले बोकेको छ । यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको छ । यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ ।”

चलचित्रका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली चलचित्रलाई यसरी सम्बोधन गरेको पहिलो पटक भएको बताए । “यो चलचित्रले राज्यले नै बोल्नुपर्ने विषय बोलेको छ । चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले ‘पुजार सार्की’ हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ। नेपाली चलचित्रको लागि यो पहिलो घटना हो। राज्यले चलचित्रको माध्यमबाट सूचना प्रवाह गर्न खोजेको इतिहास थिएन,” सुवेदीले भने, “राज्यले पञ्चायतकलामा आफ्नो प्रचारको लागि चलचित्र बनाउन लगानी गर्थ्यो । चलचित्र निजी क्षेत्रमा आइसकेपछि पहिलो पटक यो विशेष चलचित्र हो भनेर विज्ञप्ति नै जारी गर्नु सुखद हो ।”

‘पुजार सार्की’का निर्देशक दिनेश राउतले यो चलचित्र बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए । उनले भने, “यो चलचित्र दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पुर्‍याउने छौँ । संसारभरका नेपालीमाझ पनि पुर्‍याइरहेका छौँ ।”

यसैबिच, करिब दुई दर्जन राजनीतिक व्यक्तिहरूले चलचित्र ‘पुजार सार्की’ हेरेर यो चलचित्र हेर्न सबैलाई आह्वान गरेका छन् । बुधवार भएको विशेष प्रदर्शनीमा प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, प्रतिनिधि सभा सदस्यहरू ठाकुर गैरे, निशा डाँगी, शान्ति परियार, हर्कमाया बिक, प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका सह-महामन्त्री जीवन परियार, राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मन्जित ताम्राकार, पूर्व खेलकुद मन्त्री तथा दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित सिर्पाइली, पूर्व राजदूत पदम सुन्दास, दलित नागरिक समाजका अध्यक्ष मोतीलाल नेपाली, प्राज्ञ तथा चलचित्रकर्मी महेश गोदार, दलित अधिकारकर्मी चक्रमान विश्वकर्मा, संविधानसभा सदस्य तथा दलित मुक्ति मोर्चाका इन्चार्ज परशुराम रम्तेल लगायतले चलचित्र हेरेर प्रतिक्रिया दिँदै दक्षिण एसियाको सबैभन्दा ठुलो समस्या जात व्यवस्था रहेको र यसलाई नतोडी हामी अघि जान नसकिने जिकिर गर्दै’पुजार सार्की’ हेरेपछि राजनीतिले नै जातीय छुवाछूत अन्त्य हुन्छ भन्ने अझै विश्वस्त भएको बताए। यो चलचित्रले आफूहरूलाई झस्काएको उनीहरूको प्रतिक्रिया थियो ।

गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ । देशभर करिब २८० शो सहित प्रदर्शन सुरु भएको यो चलचित्रले दोस्रो हप्ताको पहिलो दिन करिब २५० शो सङ्ख्या प्राप्त गरेको थियो । दोस्रो हप्तामा यो शो सङ्ख्या ऐतिहासिक रहेको वितरक रोहित कट्टेलले बताए। यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT