Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन


काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औं संस्करणको यो महोत्सबमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा बृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लुघ चलचित्र छन् ।

यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र प्राप्त भएकोमा महोत्सबको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।

यस्तै महोत्सबमा नेपालबाट ७ वटा नेपाली र आदिबासी चलचित्र, ३ वटा बृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो । नेपालबाट ७३ वटा चलचित्र, बृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकोमा निर्णयक टिमले फेस्टिबलको लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिबासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै बृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सबमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्,‘महोत्सबको तयारी तिब्र गतिमा भईरहेको छ । हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं र महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ ।’ महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौं । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्नेकुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि बिगतझै यस पटक पनि यो महोत्सबमा हेर्ने छौं ।’

महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार बिगत झै यसपटक पनि यो महोत्सबलाई तीन दिनसम्म आयोजना गरिँदैछ,‘यसपटक दर्शकलाई सुविधा सम्पन्न रुपमा चलत्रिच देखाउन हामीले यो महोत्सब काठमाडौंको सिटिसी मलमा रहेको सिडिसी सिनेमाजमा फेस्टिबल गर्दैछौं । महोत्सबमा चलचित्र प्रदर्शनसँगै अभिनय सम्बन्धि तीन दिनको विशेष कार्यशाला, र अन्तरक्रिया कार्यक्रमहरु पनि रहेको छ ।’
नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महादिपको संस्कृति चलचित्र मार्फत आदन प्रदान गर्नको लागि यो महोत्सब आयोजना गर्दै आएको पनि महोत्सब निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT