Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनजनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव


धनुषा। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव मंगलबारदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रूपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए।

दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस ब्लुम्स र समानान्तर गरेर तीनवटा ‘फिचर फिल्म’को प्रदर्शन हुने उनले बताए।

यसैगरी, बृत्तचित्र गुमकी र विद्यापति तथा लघुफिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुनेछन्। यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको जनाइएको छ।

‘हामीले चलचित्र प्रदर्शनीसँगै अन्तक्रियात्मक कार्यक्रम गर्दैछौं। यस महोत्सवको उद्देश्य मुलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु हो,’ कार्यक्रम संयोजक रञ्जनले भने।

उनले मैथिलीभाषीको सङ्ख्या धेरै रहे तापनि यसले चलचित्रको विकास नहुनुका कारण पत्ता लगाउन यस्ता महोत्सव आवश्यक रहेको बताए।

उनले भने, ‘हामीकहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, उनीहरूले मैथिली भाषामा काम गर्ने वातावरण किन बनेन भन्ने एउटा जिज्ञासालाई यसले मेट्छ भन्ने विश्वास छ। किनकि मैथिली भाषाको चलचित्र विभिन्न प्रसिद्ध महोत्सवमा समेत पुगिसकेको छ तर हाम्रो बजारमा हिन्दी र भोजपुरी भाषाका चलचित्रको मात्र बाहुल्यता छ।’

उनले सन् १९५० को दशकदेखि नै मैथिली भाषाको चलचित्र बनिरहे तापनि पछिल्लो समय सङ्ख्यात्मक र गुणात्मक रूपमा कमी आएकाले यस्ता महोत्सव आवश्यक रहेकामा जोड दिए।

महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुचलचित्रतर्फ ‘अफवाह’ प्रदर्शन गरिनेछ । यस्तै भारतमा निर्मित चलचित्रतर्फ ‘ललका पागु’, ‘लोटस ब्लूम्सु’ ‘समानान्तर’ र लघुचलचित्र ‘रक्त तिलक’ प्रदर्शन गरिने जनाइएको छ।

साथै महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तक्र्रिया गरिने कार्यक्रम संयोजक रञ्जनले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT