Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘नीरफूल’को शनिबारको व्यापार उत्साह जनक

‘नीरफूल’को शनिबारको व्यापार उत्साह जनक


काठमाडौँ । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ ।

फिल्मलाई गोविन्द शाही र मनोज राठीले बितरण गरेका हुन् । यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वा, विजय लामालगायतको मुख्य भूमिका रहेको छ ।

प्रदर्शनीको दोश्रो दिन शनिबार यो चलचित्रले मुलुकभर राम्रो शो पाएको छ । थुप्र्रै हलमा आफ्नो सिनेमाले हाउसफुल व्यापार गरेको पनि निर्देशक फुलमानको कथन छ ।

‘आज शनिबार हाम्रो चलचित्रमा राजधानी र मोफसलका मल्टी कम्प्लेक्समा ८७ वटा शो पाएको छ । काठमाडौंका थुप्रै हलमा शनिबार बिहान हामी पुग्दा दर्शकको उपस्थिति उत्साहजनक थियो । उहाँहरुले सिनेमा हेरेपछि हामीलाई निकै राम्रो प्रतिक्रिया दिनु भयो ।’ चलचित्र नीरफूलका निर्देशक फुलमान बलले सञ्चारकर्मीसँग भने,‘तामाङ समुदायको संस्कृति र मौलिक कथाबस्तुसँगे चलचित्रमा मुलुकका कैयौं बिकृति बिसँगति र राष्ट्रिय समस्यालाई निकै राम्रोसँग उठाउनु भएको भन्ने प्रतिक्रिया हामीले दर्शकबाट पाएको छौं ।

गणेश हिमालको फेदीमा रहेको रुबी भ्याली र सो आसपासको सुन्दरतालाई चलचित्र नीरफूलमा निकै लोभलाग्दोसँग समेटिएको छ । यो चलचित्रमा प्रस्तुत लोकेशन अत्यन्त सुन्दर भएको पनि दर्शकहरुले बताएका छन् । चलचित्र नीरफूल एउटा फरक र मौलिक चलचित्र बनेको पनि दर्शकको प्रतिक्रिया छ ।

अभिनेता दयाहाङले पनि यो चलचित्रको स्कृप्ट निकै राम्रो भएको बताएका छन् । सिनेमाको, छायाँकन र कलाकारको अभिनय पनि राम्रो भएको प्रतिक्रिया आफुले पाएको पनि अभिनेता दयाहाङले बताएका छन् । आफुले काम गरेको उत्कृष्ट चलचित्रको सूचीमा नीरफूल पर्ने पनि अभिनेता दयाहाङ राईले बताएका छन् ।

यो चलचित्रलाई फुलमानसँगै दीपक श्रेष्ठ (युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन् । फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन् । यो चलचित्रलाई काफिया फिल्मस्बाट गोविन्द शाहीले बितरण गर्दैछन् ।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

Techie IT