Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक


काठमाडौँ । सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए।

उनले भने, “हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्राय: सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो।”

सुवेदीले व्यापारिक हिसाबमा पनि ‘पुजार सार्की’ले रेकर्ड कायम गरेको जनाए। “यसअघि हङकङमा ‘जारी’ चलचित्रले दर्शक उरालेको रहेछ, यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो चलचित्रले तोडेको छ। राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,” सुवेदीले भने, “यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।” उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए। उनले नेपाली समुदाय बस नै रिजर्भ गरेर चलचित्र हेर्न आएको बताए।

व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारहरूसँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक दङ्ग देखिए। हङकङको लागि बिरेन थापा ‘बिरे’ले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गते प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन। दिनेश राउतले निर्देशक गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT