Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबेल्ट एण्ड रोड चलचित्र सप्ताह साङ्घाईमा शुरु

बेल्ट एण्ड रोड चलचित्र सप्ताह साङ्घाईमा शुरु


एजेन्सी । पच्चीसौं साङ्घाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको शाङ्घाई महानगरमा शुरु भएको छ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हङ्गेरी फिल्म ‘सिक्स विक्स’ सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो। मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्’, चिनियाँ अभिनेता लेई जियाइनले भनेका छन् । उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि छन्।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एण्ड रोड’ को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्’, लेईले भनेका छन् । यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइदैछ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ। स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तरक्रिया मञ्च र अन्य थुप्रै प्रतियोगिताहरू यसमा समावेश हुनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT