Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’


काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २७ लाख बढी भ्युज पाएको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच ‘माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन्।
गीत रिलिज कार्यक्रममा शुभकामना दिन निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला समेत पुगेकी थिइन्।

‘गीत एकदमै राम्रो लाग्यो, गीत भन्न साथ त्यसै हात खुट्टा नाच्न थाल्छ, माछी पर्‍यो बल्छी नाची नाची… वास्तवमा नाच्नलाई यति मजा आउँछ कि त्यहाँ बल्छी थापिरहनै पर्दैन आफै त्यसै जिउ जुरमुराएर आउँछ ‘ उनले भनिन्, ‘यो गीतको सर्जक र टिमले नै निकै राम्रो काम गरेको छ । टिम राम्रो लियो भएपछि बाँकी काम आफै राम्रो हुन्छ र त्यसको उदाहरण म आफै हो । र यो गीत गोर्खे खुकुरी भन्दा राम्रो चलोस् किनभने महिला दिदीबहिनीहरूको गीत हो यो र यो महिला दिदी बहिनीमा मात्र सीमित राख्नु हुन्न भनेर लोमश जी आफै नृत्य गर्नुभयो । यो पनि खुसी लाग्यो किनकि तिज महिला दिदीबहिनीको मात्र नभएर पुरुषको पनि हो जस्तो लाग्छ ।’

यस्तै उनी अघि थप्छिन्, ‘यस गीतमा नाच्नु पर्ने मान्छे नाचेका छन्, प्रियङ्का कार्की, कविता नेपाली र यो गीतमा नाच्ने सबै नृत्यका पुजारी नै हुनुहुन्छ । यस गीतलाई शान्ति श्री र समीक्षा बहिनीले गाउनु भएको छ । उहाँहरू पनि गीत संगीतका पुजारी नै हुनुहुन्छ । सबै पुजारीहरूलाई भेला पार्नु भएको रहेछ । कोरीयोग्राफि देखि ड्रेसमा पनि एकदमै ध्यान दिइएको देखिएको छ ।’

शुभकामना दिन क्रममा उनले भनिन्, ‘केटाहरूलाई कोटमा रातो पछ्यौरी हाल्दिनु भएको छ त्यसले अझ सम्झन लायक बनाएको छ । सबै स्टेप वाउ नै छ । बिहानै एकदमै जुरमुराउने गीत हेर्न पाउँदा एकदमै खुसी लाग्यो । हुन त अहिले नेपाली फिल्ममा पनि गीत आउँछन् तर भ्यूजको कमी भइरहेको छ । तर तपाँइहरुमा के जादु छ त्यस्तो आउने बित्तिकै करोड करोड हान्छ यो पनि ठूलो कुरा हो । र तपाईँहरू जस्तो करोड हान्ने मान्छे नेपाली चलचित्रको लागि चाहिन्छ चाहिन्छ । र यो गीतले सबै महिला दिदीबहिनी को मनमा खुसीयाली छाओस् । यो तिजको बेलामा पैला पैला त दाजुभाइ लिन आउँथे त्यसपछि तिजमा रमाइलो हुन्थ्यो । तर अहिले दाजुभाइहरूले आफै गीत बनाउन थाले अनि हामी रमाइलो गर्दछौँ ।’

लोमश शर्माको प्रस्तुति एवं भिडियो निर्देशन रहेको गीतमा पुरूषोत्तम गैरेको शब्द एवं संगीत छ। यसलाई कविराज गहतराजले कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन एवं मनोज कार्कीले सम्पादन गरेका हुन्। ‘गोर्खे खुकुरी’ मा निश्चल दवाडी र शान्तिश्री परियारको स्वर छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT