Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनएकसाथ छानिए मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनल

एकसाथ छानिए मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनल


काठमाडौँ । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिएका हुन् । ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भए ।

त्यस्तै किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’ तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेन्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रीवा चौहान सेकेन्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप भए । यही प्रतियोगीता अन्तर्गत गु्रप ‘बि’ मा मिस्टर तर्फ रायन लखन्द्री, सेकेन्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिस तर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेन्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी भए । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धी बुढाथोकीले पाए ।

राजधानीमा आयोजित एक सारोहका बीच सम्पन्न प्रतियोगीतामा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टर तर्फ विजेता बनेका हुन् । प्रतियोगीतामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए ।
प्रतियोगीतामा फष्ट रनरअप जानवी भण्डारी र युग अधिकारी , सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली भए ।

प्रतियोगीतामा इन्टरनेशनल अवार्ड विजेता तर्फ एसईई बेष्ट मोडल अफ द युनिभर्स नेपाल रीना तामाङ, प्रि टिन इन्टरनेशनल नेपाल स्मृती विस्वकर्मा, टिन इन्टरनेशनल नेपाल आईरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, बेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स बेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती भए ।

एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिबृद्धी गर्दै उनीहरुलाई सक्षम रुपमा अगाडि बढ्न सक्ने ब्यक्तित्व विकास गर्ने उदेश्यले फेशन ईराले प्रतियोगीता आयोजना गरेको हो । आयोजकले विजेता सबैलाई गरेर १२ लाख बराबरको छात्राबृतीका अवसर र बिभिन्न गिफ्ट पुरस्कारको रुपमा प्रदान गरेको छ । सबै विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीतामा अन्य देशका सहभागीसँग भिड्नेछन् ।

फेसन इराले अगामी अगष्ट १ बाट लिटिल टुरिजम एम्बेसडर नेपाल पनि आयोजना गर्दैछ । जसमा बिभिन्न देशका सहभागी पनि प्रस्पिर्धा गर्न नेपाल आउनेछन् । त्यस्तै लिटिल टुरिजम एम्बेसडर पनि पनि आयोजना हुनेछ । जसका विजेताले अन्तराष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो

काठमाडौँ । जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको नेपाली चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय

‘कुल ब्वाइ’ ‘होस्टेल ३’मा अनुबन्धित

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

Techie IT