Techie IT
२०८२ भदौ २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘डिग्री माइला’ सिनेमाघर एपमा रिलिज

चलचित्र ‘डिग्री माइला’ सिनेमाघर एपमा रिलिज


काठमाडौँ । नेपाली चलचित्रहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो चलचित्र अहिले विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध भएको हो ।

नयाँ सम्पादनमार्फत ‘डिग्री माइला’को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ। प्रदर्शनपश्चात् हलबाट उत्रेको कम समयमै डिजिटल प्रिमियर गर्न लागिएको हुनाले ओटीटीमा चलचित्र हेर्ने दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

निर्देशक रामबाबु गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त चलचित्र केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन गरिएको बताए। उनले भने, “हामीले हल रिलिजको समयमा गरिएको गल्तीलाई सुधार गर्नको लागि पुनः सम्पादन गरेका होइनौँ । केही दर्शकहरूले चलचित्रको गतिमा केही सुस्त भएको प्रतिक्रिया दिएका थिए । त्यस प्रतिक्रियालाई ध्यानमा राख्दै हामीले प्राविधिक सुधारको उपायहरू खोजेका छौँ ।”

निर्देशक गुरुङले दर्शकहरूको लागि बनाइएको चलचित्र भएकोले थिएटरमा हेर्न छुटेका दर्शकको लागि डिजिटल रिलिज गरेको बताए । “विशेष गरी विदेशमा बस्नेहरूले राम्रोसँग हेर्न नपाएको कारण डिजिटल रिलिज गरेका हौँ । नेपालमा पनि हलसम्म पुग्न छुटेका दर्शकहरूको लागि डिजिटल रिलिज प्रभावकारी हुनेछ भन्ने देखेर सिनेमाघरमा रिलिज गरेका छौँ,” गुरुङले भने ।

यसअघि रामबाबु निर्देशित चलचित्र ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज भई व्यापक सफलता प्राप्त गरेको थियो। गुरुङले सो चलचित्रलाई दर्शकले दिएको प्रेम जस्तै यस चलचित्रमा पनि अपेक्षा गरेको बताए । “मैले सबै चलचित्रलाई एउटै अपेक्षा गर्दिन तर एउटा भन्दा अर्को राम्रो होस् भन्ने चाहना राख्छु । सिनेमाघरमा ‘कबड्डी ४’लाई राम्रो हेरिएको थियो, यो चलचित्रको पनि अपेक्षा छ,” उनले उल्लेख गरे ।

‘सिनेमाघर एप’ एन्ड्रोइड र आइओएस मोबाइलहरूमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ । अब दर्शकहरूले ‘डिग्री माइला’ लाई एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टिभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन् ।

सिनेमाघरका सिईओ सागर खरेलका अनुसार एपको प्रयोग विश्वभरबाट सजिलै सम्भव छ र अब सिनेमाघरलाई वेब ब्राउजरमार्फत पनि सजिलै प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको छ । यो सुविधाले डिजिटल प्लेटफर्ममा नेपाली चलचित्रहरू हेर्ने अनुभवलाई अझै सहज र थप रमाइलो बनाउने खरेलले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT