Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने


पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए । छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह-कोषाध्यक्ष केशब कोइरालाले बताए । त्यसैगरी जिल्ला,नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको उनले बताए ।

गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपती गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धि अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण गराउनु पर्ने बताए । संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकार बाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरु एक जुट भई अगाडी बढ्नु पर्ने बताए । करिब १२ घण्टा भएको उक्त छलफलमा सबै प्रदेश ,जिल्ला ,नगरका अध्यक्ष र सचिवहरुले आ-आफ्नो योजनाहरु प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।

पोखराको होटल रोयल प्यालेसमा सम्पन्न उक्त छलफल कार्यक्रममा बनेका मूल समारोह समिति लगायत उपसमितिहरुले आ-आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी कार्यक्रम सफल बनाउन संघका केन्द्रीय महिला उपाध्यक्ष भावना कार्कीले आग्रह गरिन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT