Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननांगो गाउँ र दान्भी कान्तिपुर सिनेमाजमा

नांगो गाउँ र दान्भी कान्तिपुर सिनेमाजमा


काठमाडौँ । नेपाली ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा फिल्म ‘नांगो गाउँ’ र ‘दान्भी’ को स्ट्रिमिङ सुरु भएको छ । रक्षा बन्धनको अवसरमा कान्तिपुर सिनेमाजमा २ फिल्म रिलिज भएका हुन् ।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको यो फिल्म गत वर्ष २९ भदौमा हलमा रिलिज भएको थियो । दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा अभिनीत यो फिल्म बक्सअफिसमा सफल भएको थियो ।

त्यस्तै, रुपेश तामाङको निर्देशित ‘दान्भी’ गत ७ असारमा रिलिज भएको थियो । पूजा शर्मा, कुन्साङ बोम्जन लगायतको अभिनय रहेको यस फिल्मले औसत व्यापार गरेको थियो ।

हाल कान्तिपुर सिनेमाजमा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० वटाभन्दा बढी प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन् । यस प्लेटफर्मलाई विश्वभर कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ ।

प्रयोगकर्ताले मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सबै कन्टेन्ट हेर्न सकिने र एउटा अकाउन्ट २ वटासम्म डिभाइसमा लक इन गर्न सकिने कान्तिपुर सिनेमाजले जनाएको छ । यो प्लेटफर्मलाई कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT