Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक


काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

शुक्रबार निर्माण टिमले रिलिज डेट घोषणा गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।

त्यसको ठिक तल प्रकाश सपूत छन् । उनी सरकारी स्कुलको ड्रेसमा छन् । हातमा मार्कसिट बोकेर उफ्रिदै घरतिर कुदिरहेका उनको गलामा माला छ । यसले उनी स्कुलको कुनै कक्षामा प्रथम भएको संकेत गरिरहेको बुझ्न सकिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT