Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’, भिडियोसहित सार्वजनिक

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’, भिडियोसहित सार्वजनिक


काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित व्यक्तित्वहरू, केही मिडिया पर्सनालिटीहरू तथा गीत र भिडियो टिमको उपस्थितिमा सार्वजनिक गरे। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

करिब १२ वर्षपछि योगेश्वरले यो नयाँ गीत सार्वजनिक गरेका हुन्। सरोज बास्तोलाले रचेको यस गीतलाई सुरुवातमा वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओम विक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, विभिन्न कारणले गीतलाई त्यति बेला सार्वजनिक गर्न सकिएको थिएन। हाल गीतलाई पुनः एरेन्ज गरी योगेश्वरले आफ्नो आवाजमा रेकर्ड गरेर भिडियो सहित प्रस्तुत गरेका हुन्।

‘कुनै दिन’ गीतको म्युजिक भिडियोमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन छ, भने क्रिएटिभ निर्देशक जया शर्मा रहेकी छन्। म्युजिक भिडियोमा कलाकारहरू प्रवीण खतिवडा, करुणा श्रेष्ठ, र विकाश लामिछानेले अभिनय गरेका छन्। भिडियोमा आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ। भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम “माइकल” ले गरेका छन् भने सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोका सम्पादक तथा रङ्ग संयोजक विकाश दाहाल हुन्। मेकअप र हेयर डिजाइन सुप्रिया आरएल शाहले गरेकी छन् भने स्टाइलिस्ट अशिम रानाभाट रहेकी छन्। यस म्युजिक भिडियोको पोस्टर डिजाइन विजय बस्यालले तयार पारेका छन्।

गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् भने गीतको रेकर्डिङ र भिडियोको ब्याकग्राउन्ड स्कोर जेम्स प्रधानले गरेका छन्, अडियो मिक्सिङ र मास्टरिङ दिपेश प्रधान (रक योगीज) द्वारा सम्पन्न भएको छ। रेकर्डिस्टको रूपमा बिजेन श्रेष्ठले योगदान दिएका छन्।

अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीतहरू अत्यधिक लोकप्रिय छन्। अमात्यको यस नयाँ गीतले दर्शकहरूलाई पुनः उनीप्रति आकर्षित गराउने विश्वास गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT