Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनएसडी योगी र रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक

एसडी योगी र रेश्मा पुनको स्वरमा डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक


काठमाडौँ । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टाले लेखेका छन् भने सङ्गीतकार एसडी योगी स्वयं रहेका छन् ।

भिडियोमा कलाकार अलिसा शर्मा र अस्मिक लम्सालले अभिनयसँगै शानदार नृत्य प्रस्तुत गरेका छन् । यो रोमान्टिक गीतको भिडियोमा युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोको अवधारणा र कथा निर्माता मगरले नै तयार पारेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका छन्, जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । भिडियोको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । मेकअप प्रिया रोक्काले गरेकी छन् भने, पहिरनको व्यवस्थापन अनुष्का डिसी र उत्पादन व्यवस्थापन विशाल कार्कीले गरेका छन् ।

यस गीतको सङ्गीत निर्माण रिकेश गुरुङ ‘किज’ले गरेका छन् । रेकर्डिङ र मिक्सिङको सुपरभाइज सागर खड्काले गरेका हुन्, जबकि मिक्स र मास्टरको जिम्मेवारी गायक तथा सङ्गीतकार एसडी योगीले नै सम्हालेका छन् ।

यो गीत सार्वजनिक भएसँगै, श्रोता तथा दर्शकका लागि आकर्षक उपहार योजना पनि ल्याइएको छ । भिडियोका निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर पोस्ट गर्ने श्रोताहरू मध्ये सर्वाधिक भ्युज प्राप्त गर्ने भाग्यशालीलाई ‘युनिक मोबाइल होम एन्ड मर्मत सेन्टर, छिन्चु बजार, सुर्खेत’को तर्फबाट कार्तिक २५ मा एउटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT