Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे चलचित्र नीरफूल

विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे चलचित्र नीरफूल


काठमाडौँ। गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन्। मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन भईरहेको यो चलचित्रको सोमबार काठमाडौँको वान सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो।

समारोहमा यो चलचित्रलाई पूर्व उपप्रधानमन्त्री डा. भिम रावल, पूर्व मन्त्रीहरु बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाकी साँसद रोशन कार्की, युवा संघका अध्यक्ष छितिज थेवे, पुर्व राजदुत डा. गणेश योञ्जन, अभिनेत्रीहरु करिश्मा मानन्धर, पल्पसा डँगोल, अभिनेता गजित बिष्ट, निर्देशक एवम् अभिनेता दिनेश डिसी, गायिका सुनिता दुलाल, पत्रकारहरु ऋषी धमला, उमेश चौहानलगायतले चलचित्र नीरफूल हेरे। यो चलचित्र आफुहरुलाई निकै मनपरेको प्रतिक्रिया उनीहरुले दिए।

पूर्व उपप्रधानमन्त्री डा। भिम रावलले चलचित्र नीरफुल हेरेपछि भने, ‘२०७२ सालका विनाशकारी भूकम्पलाई हामीले बिर्से पनि त्यसले पारेको असर अहिलेसम्म यो चलचित्रले समेटिएको रहेछ। नेपालीहरुलाई नेपालीले नै कसरी बिक्री गर्छन् भन्नेकुरा शरणार्थी प्रकरणमा अहिले ताजै रहेको बेला त्यस्तै कथा चलचित्र नीरफूलमा मैले हेर्न पाएँ।’ नीरफूलले राज्य प्रणालीको धेरै समस्याहरुलाई समेत ससक्त रुपमा उतारिएको पनि उनले बताए।

यस्तै पूर्व मन्त्री एवम् राप्रपाको नेता बुद्धिमान तामाङले आफुलाई निकै मन परेको रुबी भ्यालीलाई फिल्ममा अत्यन्त सुन्दर रुपमा हेर्न पाउँदा साह्रै आनन्द आएको बताए। यो फिल्मले राजनीतिक रुपमा धेरै कुराहरु समेत भन्न खोजेको उनले दावी गरे।

अर्का पूर्वमन्त्री पर्शुराम तामाङले नीरफूल झट्ट हेर्दा तामाङ समुदायको कथाजस्तो देखिए पनि यो फिल्ममा मुलुकका धेरै समस्याहरु उठाईएको छ भने। राप्रपाकी नेतृ रोशन कार्कीले पनि यो चलचित्रको खुलेर प्रसंसा गरिन्।

युवा नेता क्षितिज थेवेले राज्य प्रणालीको कमजोरी बुझ्न पनि युवाहरुले यो चलचित्र हेर्नुपर्ने दावी गरे। ‘फिल्ममा सामाजिक राजनीतिक विषयलाई सशक्त रुपमा उठाइएको छ’, उनले भने, ‘आजको युवाले हेर्नुपर्ने फिल्म हो यो।’

अभिनेत्री करिश्मा मानन्धरले भूकम्पका बेलाको मर्मस्पर्शी सन्दर्भ यो फिल्मले यतिबेला आफुलाई सम्झाएको बताईन्। देश कुन अबस्थामा गईरहेको छ भन्नेकुरा यो चलचित्रले दर्शाएको उनले दावी गरिन्।
चलचित्र निर्देशक दिनेश डिसीले नीरफूल हेरेपछि आफुलाई निर्देशक फूलमानलाई पत्रकारिता जस्तै चलचित्र निर्देशनमा पनि त्यत्तिकै ससक्त रुपमा पाएको बताए। नीरफूलले उठाएको विषयबस्तु र यसमा प्रस्तुत भएका घटनाहरु सँधै ताजा रहने प्रकारको रहेको प्रतिक्रिया उनले दिए।

अभिनेता गजित बिष्टले यो चलचित्रमा निर्देशक फुलमान वलले निकै सानो–सानो कुरामा मेहनत गरेर थुप्रै विषयबस्तुलाई सिनेमामा समान रुपमा उतार्न सकेको बताए।

चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन्। जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ। सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन्।

यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वालगायतको मुख्य भूमिका रहेको छ।

यो चलचित्रलाइ दुबईबाट सोनाम डोमा, दीपक श्रेष्ठ ९(युके), माया केसी (युएई), उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया), अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनम लामा (नेपाल)ले निर्माण गरेका हुन्। फिल्मको सह निर्मातामा गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ, इन्द्र तामाङ (अमेरिका) रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT