गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिकसुशीलाको म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक नेपालीपत्र सोमबार, २०८१ कात्तिक २६ गते, ०८:४० मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ । नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ। यस गीतका रचनाकार तथा सङ्गीतकार महेश खड्का हुन् भने सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।मिनाक्षी कोइरालाको निर्देशनमा बनेको यसको भिडियोमा यशराज गराच र आकृति बस्नेतले अभिनय गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने नृत्य निर्देशन प्रशान्त मगरले गरेका छन् । प्रवीण भट्टको सम्पादन रहेको छ ।गायिका सुशीला लामो समयदेखि संयुक्त राज्य अमेरिका बस्दै आएकी छन् । प्रवासमा रहेर पनि उनले नेपाली गीत–सङ्गीतलाई निरन्तरता दिएकी छन् । उनले अमेरिकामा हुने विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा नेपाली कला र संस्कृतिलाई झल्काउने गीत–सङ्गीत प्रस्तुत गर्दै उनले नेपाली पहिचानलाई जीवन्त बनाइरहेकी छन् ।गायिका तिमिल्सिनाले ‘धेरै दिन’ सार्वजनिक गर्दै दर्शकप्रति आभार व्यक्त गरेकी छन् । उनले अघिल्लो गीतमा प्राप्त माया र समर्थनप्रति धन्यवाद दिँदै यो गीतलाई पनि उत्तिकै माया दिन आग्रह गरिन् । उनले भनिन्, “मेरो सानो प्रस्तुतिले माया पाउनेछ भन्ने आशा गरेकी छु । सुझावलाई माया सम्झेर स्वीकार्ने छु ।” #म्युजिक भिडियोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमाकाठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ ‘महाभोज’ देशभर रिलिजकाठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसापोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।धेरै पढिएका खबर १ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव २ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ३ ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी ४ हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु ५ शङ्कर पोखरेल बेलायतमा ६ रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता ७ अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचितThe Film Nepal