Techie IT
२०८२ जेठ ३२, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ता‘अभिनय गर्दा म ‘प्रोटोगोनिस’ या ‘एन्टोगोनिस’ यस्तै मात्रै भुमिका गर्छु भनेर कहिले पनि रोज्दिनँ’

‘अभिनय गर्दा म ‘प्रोटोगोनिस’ या ‘एन्टोगोनिस’ यस्तै मात्रै भुमिका गर्छु भनेर कहिले पनि रोज्दिनँ’


काठमाडौँ । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशकसमेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेसँग फिल्मलाई लिएर गरिएको कुराकानीः–

धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ?
धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो ।

यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ?
धेरै तयारी थिएन । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।

ट्रेलर हेर्दा तपाईंले धामी भएर महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गर्नुभएको छ । यो काम तपाईंका लागि कत्तिको चुनौतिपूर्ण थियो ?
म फिल्मको कथाको पात्र भएर घटनामा उपस्थित भएको हुँ । त्यसकारण खासै समस्या चाहिँ भएन ।

माओत्से गुरुङले अहिलेसम्म दर्शकले सकारात्मक चरित्रमा हेरिरहँदा यो फिल्ममा तपाईं नेगेटिभ चरित्रमा देखिनुभएको छ । आफ्नो इमेज बिग्रिएला कि भन्ने डर छ कि छैन ?
म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस यस्तै मात्रै भुमिका गर्छु भनेर कहिले पनि रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु । दर्शकहरुले पनि सायद मबाट यस्तै भूमिकाको आश गर्नुहुन्छ होला ।

तपाईंको बुझाईमा बोक्सी आरोपित महिलाप्रति धामी किन यति क्रुर बन्छन् ?
मैले सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो ।

धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो कि ?
मैले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुँ । सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले खासै धेरै अनुसन्धान गरिनँ ।

के कुराले तपाईंलाई अग्निदहनमा काम गर्ने इच्छा जाग्यो ?
‘अग्निदहन’को निर्देशक घनश्याम लामिछाने मेरो मित्र पनि हुनुहुन्छ । उहाँले ‘तपाईलाई सुहाउने एउटा रोल छ भनेर भेटौं’ भन्नुभयो । उहाँलाई भेटें । रोल पनि सुनें । आफ्नो रोल मनपरेपछि फिल्ममा जोडिएँ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्

Techie IT