Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन?

‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष सेन?


काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ ।

गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।

चलचित्रको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने जानकारी दिए । उनले भने, “रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ ।”

एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । सामले ‘हाथी मेरे साथी’ र चियान विक्रम अभिनीत ‘थङ्गलम’ जस्ता चर्चित चलचित्रहरूमा काम गरिसकेका छन् ।

‘बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को चलचित्रको छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि ‘१२ गाउँ’ चलचित्र छायाङ्कन गरेका थिए ।

कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।

‘बलिदान’ नेपाली समाजको यथार्थ चित्रणसँगै भव्य दृश्य र प्रविधिमाथिको उच्च प्रयोगले सिनेप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि

चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुने

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ माघमा

काठमाडौं । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको

‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दै

काठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । मिलन तामाङले चलचित्र

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले

Techie IT