Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक


काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ ।

ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो चलचित्रको कथा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ ।

नेपाली ग्रामीण समाज सानोसानो नियमित गर्जो टार्न कसरी छटपटिन्छन् भन्ने तथ्यलाई ‘कार्साङ’ले भन्ने टिजर हेरर अनुमान लगाउन सकिन्छ ।

‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । चलचित्रको कथा पनि निर्देशक आफैँले लेखेका छन् ।

शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ ।

अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।

हर्क साउद र डीपी खनालको शब्द रहेको गीतमा मनोज थापा मगर, एसडी योगी र बिशो डोङको संगीत, मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पाको आवाज रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयं हुन् ।

चलचित्रको सह-निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहयाक निर्देशन रहेको छ ।

‘कार्साङ’को अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

Techie IT