Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा पन्त

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा पन्त


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने यो महोत्सवले “घुमौँ कर्णाली, हेरौँ कर्णाली” भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने लक्ष्य लिएको छ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दका अनुसार यो महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना बनाएको छ। यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ आयोजना गर्ने घोषणा गरेको छ । महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया, र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन् ।

चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ । खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । आफ्नो चलचित्र ‘प्रेम गीत २’ को छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्‍याएको प्रभावको चर्चा गरे ।

अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन् । उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पन्तले कर्णालीको जीवनका थप कथाहरूमा अभिनय गर्न चाहेको बताउँदै महोत्सवको सुरुवातले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कर्णालीलाई चिनाउने प्रयासलाई बलियो बनाउने धारणा राखिन् ।

दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ । चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा चलचित्र पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ ।

चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, र नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको सहकार्यले महोत्सवलाई थप बलियो बनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे ।

नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले चलचित्र पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन् । अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए ।

महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ । महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT