Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा


काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरुलाई समाबेश गरिनेछ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँ पालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख २ गते देखि ६ गते सम्म हुनेछ। रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

Techie IT