Techie IT
२०८२ भदौ १५, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’

‘होस्टेल ३’का लेखक माधव शर्मा भन्छन्, ‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’


काठमाडौं । नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् ।

कलेज जीवनका कथाहरूमा केन्द्रित ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण ‘होस्टेल ३’ ले फागुन २३ गतेदेखि विश्वभरका नेपाली दर्शकमाझ प्रदर्शनमा आएको थियो । हालसम्म पनि नेपाल तथा ओभरसिजमा प्रदर्शनमा रहेको यस चलचित्रले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ।

यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता चलचित्रमा लेखन टिममा काम गरिसकेका शर्माले ‘होस्टेल ३’ को लेखनमा ती अनुभवहरूले धेरै मद्दत पुर्‍याएको बताए । उनका अनुसार, विगतमा लेखिएका चलचित्रहरू पनि व्यावसायिक चलचित्र नै हुन्, दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लेखिएका हुन्, र यो चलचित्र पनि दर्शकलाई मनोरञ्जन दिन नै लेखिएको हो । मनोरञ्जनको साथमा केही न केही सन्देश रहेको उनले बताए ।

नेपाली चलचित्रको सफलताका लागि कथाको भूमिकाबारे शर्मा भन्छन्, “चलचित्र बन्नका लागि सबैभन्दा ठुलो कुरो भनेकै कथा हो । र, त्यो कथा भन्ने शैली कस्तो हुन्छ त्यो नै सबैभन्दा ठुलो चुनौती हो । नेपाली चलचित्रमा पनि कथा भन्ने शैली नै सबैभन्दा ठुलो चुनौती हो । कथा भन्ने शैली प्रस्ट भएमा दर्शकले बुझेमा र त्यो कथालाई आफ्नो जस्तै मानेमा अथवा समसामयिक भएमा दर्शकहरूले अझै बढी अपनत्व लिन्छन् ।”

नयाँ लेखकहरूका लागि सल्लाह दिँदै शर्माले अध्ययन, व्यवहारिक ज्ञान, चलचित्र हेर्ने बानी, आफ्नो भाषा र संस्कृतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनका अनुसार, यहाँ कस्तो परिवेशको चलचित्रहरू बढी चल्छ, त्यसैलाई प्राथमिकता राखेर लेख्यो भने अझै बढी दर्शकको माया पाउन सकिन्छ ।

‘होस्टेल ३’ को पटकथा लेख्दा उनले केही चुनौतीहरू सामना गरेका छन् । “यो आफैमा हिट सिरिज थियो । मैले लेखिरहँदा ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को साखलाई तल झर्न दिनुहुन्नथ्यो । अनि यो चलचित्र लेखिरहँदा यति धेरै पात्रहरू थिए, हरेक पात्रहरूलाई स्थापित र त्यसको ल्यान्डिङ गर्नु अनिवार्य थियो । त्यो नै एकदमै चुनौतीपूर्ण थियो” उनले थपे, “यदि हेर्नुभयो भने तपाईँ आफैलाई थाहा होला यो एक अलिकति सस्पेन्स थ्रिल चलचित्र पनि हो । र एउटै दृश्य बारम्बार ल्याउनु पनि थियो, जुन दर्शकलाई अस्वाभाविक नलाग्ने गरी बुझाउन एकदमै कठिन थियो । त्यो कुरा कसरी स्वाभाविक बनाउन सकिन्छ भनेर स्क्रिनप्ले बुन्नु नै सबैभन्दा चुनौती थियो ।”

सशान कँडेलले निर्देशन गरेको ‘होस्टेल ३’मा ‘कुलब्वाय’को नामले परिचित पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतका नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ । चलचित्रले कलेज जीवनका वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गरेको छ ।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT