Techie IT
२०८२ जेठ २४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 


काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट गिरीलाई सदस्य नियुक्ती गरिएको हो ।

गिरीलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिएका हुन् । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी बिभिन्न साप्ताहिक, मासिक, समाचारपत्र, हिमालयन टाइम्स, सौर्य दैनिक र नेपाल टेलिभिजनको चलचित्र समाचार हुँदै पछिल्लो एक दशकदेखि रातोपाटी डटकममा कार्यरत रहेका छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धि कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरीले केही म्युजिक भिडियोको समेत निर्देशन गरेका छन् । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुन् । त्यस्तै गरी अर्को जाँच समिति (सेन्सर बोर्ड) सदस्यमा कलाकार भीमा मैनाली नियुक्त भएकी छन्।  दुई दशक लामो फिल्म करिअरमा मैनालीले कलाकार, लेखक र निर्देशक भएर काम गरेकी छन् । उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन् । यसअघि समितिको सदस्यमा सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्

‘महाभोज’ – संयोगजस्तै लाग्ने तर गहिरो सन्देश बोकेको कथा हो:…

काठमाडौँ । यही जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’ अहिलेको समयसँग अनौठो संयोग भएको फिल्म हो । तर

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा, पुस्तान्तरणको…

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ

चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा

Techie IT