Techie IT
२०८२ कात्तिक १३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘महाभोज’ देशभर रिलिज

‘महाभोज’ देशभर रिलिज


काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरिएका छन् । यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले चलचित्रप्रति निकै उत्साह देखाएका छन् ।

हाल चलचित्रको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला ‘महाभोज’ ले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसले गर्दा चलचित्रले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । चलचित्र युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।

प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो चलचित्र सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले चलचित्रले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। । अन्य दर्शकहरूले भने चलचित्रले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन् ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको चलचित्र हो । यसका निर्माता हिमाल कडरिया हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT