Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘आदिपुरुष’बारे भुवनले भने – बोर्डले भनेको नमान्दा यो स्थिति आयो

‘आदिपुरुष’बारे भुवनले भने – बोर्डले भनेको नमान्दा यो स्थिति आयो


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’को विवादबारे प्रतिक्रिया जनाएका छन् ।

अध्यक्ष केसीले विदेशी फिल्म नेपाल ल्याएर प्रदर्शन गर्नुअघि कम्तिमा एक साताअघि नै सेन्सर गर्नुपर्ने वोर्डको योजना सफल हुन नदिएको भन्दै चित्त दुखाएका हुन् ।

आज शुक्रबादेखि प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शन हुनुभन्दा एक दिनअघि अर्थात हिजो बिहिबार सेन्सर गर्ने क्रममा उत्पन्न विवादलाई स्मरण गर्दै अध्यक्ष केसीले कुनै पनि विदेशी फिल्महरु कम्तिमा एक साताअघि नै सेन्सर गरिँदा सम्भावित विवादलाई सहजै समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष केसीले भनेका छन्– ‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडि सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो । विरोधका वावजुद कम्ति सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो । त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐँठन भयो र तीन दिनमा झारियो । तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन ।’

‘नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका विषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दावी, सीमा लगायत विषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो, अध्यक्ष केसीले भनेका छन्– ‘ नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचानसमेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेकोमध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो ।’

यस्तै, अध्यक्ष केसीले पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद सिर्जना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा नगरेको स्पष्ट पारेका छन् ।

केसी भन्छन्– ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोलि हल सञ्चालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनु पर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ, बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन ।’

चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको संवादमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले जाँच पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि संवाद आवाजरहित बनाइएको छ ।

संवाद आवाजरहित (बीप) बनाइएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय गरिएको हो । रामायणमा आधारित चलचित्रको सो संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध हुँदै आएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT